समाज

मौसम सक्रिय रहेकाले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालार्इ आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।  जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार भोली कमला, खाडो, गागन, रातु, बागमती, पूर्वि राप्ती, रिउखोला, बाणगङगा, पश्चिम राप्ति, बबई, मोहना, मछेली लगायत चुरे र महाभारतबाट बहने नदीहरू मध्य केहीमा बहाब खतरा तहसम्म पुग्ने अनुमान गरिएको छ।  

पर्सि मध्य भागको बागमती र रिउखोला र पुर्व तर्फका प्राय सबै नदीहरू मेची, कन्काई, कमला, खाडो, रातु गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुमा वहाब खतराको तहसम्म पुग्ने अनुमान गरिएकाले नदी तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता साथ बस्न महाशाखाको अनुरोध छ।

जारी सूचनामा, ‘तीन दिन देखी सक्रिय मनसुन देशभर फैलिएकाले देशका पूर्व र मध्य र पश्चिम भागको धरै स्थानमा हल्कादेखि मध्ये तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’ सूचनामा वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान गरिएकाले सतर्क रहन आग्रह गरिएको छ।

आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने महाशाखाको अनुमान छ। कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा रहेकाले त्यस आसपासका जनतालाई पनि सतर्क रहन महाशाखाले सूचना मार्फत आग्रह गरेको छ।

प्रकाशित: १६ असार २०७५ ०६:२० शनिबार

मौसम सक्रिय रहेकाले सतर्क रहन तटीय क्षेत्रका वासिन्दालार्इ आग्रह