समाज

पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

पोखरा- नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

तीन वर्षीय कार्यकाल रहेको सो कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना वर्षा, महासचिवमा घनश्याम पाण्डे, सचिवमा विजय राना, समावेशी सचिवमा कमला राना र कोषाध्यक्षमा रोहित बस्नेत तथा सदस्यमा सन्तोष गौतम, राजन उपाध्याय, सुशील सुवेदी, रत्ना गुरुङ, रोहितराज पराजुली र भूपाल गुरुङ रहेका छन् । मुलुकका ६१ जिल्लामा संघका शाखा गठन गरिएको छ।

अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले बिट पत्रकारितालाई स्थापित गर्ने उद्देश्यले संघको स्थापना गरिएको बताउँदै प्रदेश नं ४ पर्यटनको प्रचूर सम्भावना रहेको हुँदा पर्यटन पत्रकारिताको समेत राम्रो सम्भावना रहेको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलले पर्यटन प्रवर्द्धन र विकासका सम्बन्धमा कलम चलाउँदै आएका पत्रकार संगठित हुनु सकारात्मक भएको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्था मगरले पर्यटन क्षेत्रको विकासमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । मुलुकका ६१ जिल्लामा संघको शाखा गठन गरिएको छ ।रासस

 

प्रकाशित: १६ असार २०७५ ०५:०५ शनिबार

पर्यटन पत्रकार संघ प्रदेश नं बाँस्तोला