समाज

ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

दाङ – लमहीमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्काले पुर्दा मृत्यु भएको छ।

लमही नगरपालिका–६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटाको ढिस्कामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। रासस

प्रकाशित: १६ असार २०७५ ०४:१३ शनिबार

ढिस्कोमा पुरिएर महिलाको मृत्यु