समाज

ललितपुरको कोज्योसोममा बस दुर्घटना : एककाे मृत्यु, २३ घाइते

बस दुर्घटनाका घाइतेकाे उपचार हुँदै ।

ललितपुर– ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।  लगनखेलबाट यात्रु बोकेर हिडेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना हुँदा लालुमाया गाेलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खयजुले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार अहिले त्यहाँ प्रहरी टोली उद्धारको लागि पुगिसेकेको छ। बसमा सवार ३५ जना यात्रु थिए।

घाइते २३ जनालाई आनन्दवन अस्पतालमा उपचारको लागि ल्याएको र अन्यलार्इ उद्धार गरी घर पठाइएकाे छ।  ‘एक जनाको मृत्यु भएकाे छ,’ उनले भने, ‘घाइतेकाे अस्पतालमा उपचार भइरहेकाे छ।’

प्रकाशित: १५ असार २०७५ १३:०२ शुक्रबार

ललितपुरको कोज्योसोममा बस दुर्घटना एककाे मृत्यु २३ घाइते