समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराे खस्दा आज पनि सडक अवरूद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा ठुलो पहिरो खस्दा आज पनि सडक अवरुद्ध बन्न पुगेको छ।

बुधबार बिहान ६ः१० बजेतिर ठूलो पहिरो खसेकाले दुवैतिरका गाडी रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरेका छन्।

मंगलबार पनि सोही सडक खण्डमा ठूलो पहिरो खस्दा एघार घण्टा पछि सुचारु भएको थियो।

गन्तव्यका लागि हिँडेका यात्रुहरुले दिनहु जसो खशिरहने पहिरोका कारण सास्ति खेप्नु परिरहेको छ। ठुलो पहिरो खसेकाले पन्छाउन पाँच/छ घण्टा लाग्ने प्रहरीले जनाएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असार २०७५ ०२:४३ बुधबार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराे खस्दा सडक अवरूद्ध