समाज

चट्याङको आवाजले बेहोस भएर मृत्यु

सर्लाही– चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका( १५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको  छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नो काका रविन्द्र ठाकुरसँग गोडैटा नगरपालिका–१० सिसौरियास्थित विवाहमा गएका बेला गएराति पानीसंगै परेको चट्याङको आवाजले बेहोस भएका आयुषको उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। यो घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १२ असार २०७५ ०८:०३ मंगलबार

चट्याङको आवाजले बेहोस भएर मृत्यु