समाज

सामाजिक संजालबाट ठगी गर्ने २ जना पक्राउ

इमोबाट फोन गरी ठगी गर्ने सुरेश कुमार प्रसाद गौड (दायाँ) र फतह मोहम्मद मुसलमान (बायाँ)।

धादिङ – प्रहरीले सामाजिक संजाल इमोबाट फोन गरि चिठ्ठा परेको बहानामा ठगी गर्ने २ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका २ जनाको नाममा प्रहरीमा निवेदन परेपछि जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रुपन्देही लुम्बिनी नगरपालिका वडा नं १ बस्ने ३५ वर्षीय सुरेश कुमार प्रसाद गौड र वडा नं ४ बस्ने वर्ष २८ का फतह मोहम्मद मुसलमान रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए।

नीलकण्ठ नगरपालिका वडा नं ४ विमिरेका राम बहादुर परियारले नगद ४ लाख ५० हजार रुपैयाँ आइ एम इ गरी पठाएका थिए। आफूले कतारमा रहँदा चिठ्ठा किनेको र सोही चिठ्ठा परेको विश्वासमा परेर पैसा पठाएको राम बहादुर नेपालीले बताएका छन। राम बहादुरले गत जेठ ३० गतेदेखी असार ३ गतेसम्म गरी ४ लाख ५० हजार पठाएको र थप एक लाख मागेपछि प्रहरीको शरणमा गएका थिए। 

राम बहादुरले पैसा पठाएका अन्य तीन जना आरोपीहरू भने अझै फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ठगहरूले चिठ्ठा परेको विस्वास दिलाउनको लागि गाडी लिन भारत आउनको लागि आवश्यक पर्ने कागजपत्रहरू समेत किर्ते गरी राम बहादुरलाई पठाएका थिए। 

प्रकाशित: ११ असार २०७५ १२:०८ सोमबार

सामाजिक संजालबाट ठगी गर्ने जना पक्राउ