समाज

अव्यवहारिक करविरुद्ध प्रदर्शन

प्यूठान– जनताको क्षमता र आम्दानी भन्दा धेरै कर असुली गर्न लागेको भन्दै स्वर्गद्धारीमा प्रदर्शन भएको छ। नेपाली कांग्रेस प्यूठानको अगुवाईमा प्रदर्शनमा उत्रिएका स्थानीयले एकीकृत सम्पत्ति करको नाममा गरिब जनताको ढाड सेक्ने काम नगर्न आग्रह गर्दै कर फिर्ता लिन माग गरेका छन्।

प्रदर्शनकारीले आइतबारै जनप्रतिनिधिको मनोमानी तथा अनियमितता भन्दै नगरपालिकाका प्रमुख नेत्र बहादुर रोकायलाई ज्ञापन पत्र समेत बुझाइएका छन्। एकीकृत सम्पत्तिको करको नाममा गरिब, असहाय जनताको मर्म विपरित थेक्न नसक्ने गरी अनियन्त्रित ढंगले जबरजस्ती करहरु लाद्न खोजिएको, वैकल्पिक उर्जाबाट प्राप्त अनुदानको रकम रु दुई करोड ६४ लाख रुपैयाँको साधारण कृषकहरुले उपयोग गर्न पाउनेमा राजनीतिक प्रतिशोध राखी सिफारिस नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

सोही विषयको सिफारिस माग गर्ने सिलसिलामा नगर प्रमुखले नागरिकसँग अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको लगायतका कुरा उल्लेख भएको ज्ञापनपत्रमा १७ वटा असन्तुष्टि उल्लेख गरिएको थियो। सोही विषयलाई लिएर नेपाली कांग्रेसले पनि विरोध प्रदर्शन गरेको छ। कांग्रेसले विरोध स्वरुप विभिन्न नारा लगाउदै भिगृबजारको परिक्रमा गरेका थिए। कोण सभासंगै जलुकेमा कोणसभाको आयोजना समेत गरिएको थियो।

प्रकाशित: १० असार २०७५ १४:५० आइतबार

अव्यवहारिक करविरुद्ध प्रदर्शन