समाज

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको छ। 

पूर्व–पश्चिम राजमार्गमा स १ त ४४९३ नं को रोकी राखेको ट्र्याक्टरमा कटेल सवार अनटेस्ट लेखिएको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।  (रासस)

प्रकाशित: १० असार २०७५ ११:३० आइतबार

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु