समाज

पर्वतमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पर्वत– पर्वतमा छुट्टा छुट्टै दर्घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार फलेबास नगरपालिका वडा नम्बर १ कार्कीनेटास्थित ढुङ्गेठाँटीका ढाकाराम विकको शनिबार भिरबाट खसेर मृत्यु भएको छ। स्थानीय घैलेको भिरबाट झण्डै ६० मिटर तल खसेका २८ बर्षिय विकको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए। 

त्यस्तै, मोदी गाउँपालिका वडा नम्बर २ देउपुरका ७५ बर्षीय ऋषिराम शर्माको रुखमा चढ्दा करेन्ट लागेर मृत्यु भएको छ। मोदी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास तिमिल्सिनाका अनुसार शनिबार विहान थाँक्रो काट्न रुखमा चढेका शर्माको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। उक्त रुखमा विद्युतको थ्रिफेज लाइनले छोएको तिमिल्सिनाले जानकारी दिए। 

प्रकाशित: ९ असार २०७५ १५:३२ शनिबार

पर्वतमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु