समाज

अटो दुर्घटनामा एकको मृत्यु

पाँचथर– मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–१ अमरपुरमा यात्रु बोक्ने अटो दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। मे १ ह ४०५८ नम्बरको अटो सडकदेखि करिब ५ सय मिटर तल खस्दा ८० बर्षीय दिलबहादुर लिङदेनको मृत्यु भएको हो।

दुर्घटनाबाट घाइते भएपछि उपचारका क्रममा पाँचथर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा  गम्भीर घाइते श्याम लिङेदनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लगिएको छ।

अटो चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: ९ असार २०७५ १५:१७ शनिबार

अटो दुर्घटनामा एकको मृत्यु