समाज

अत्यधिक गर्मीबाट कपिलवस्तुमा दुईको मृत्यु

कपिलवस्तु– अत्यधिक गर्मीका कारण कपिलवस्तुमा बिहीवार २ जनाको मृत्यु भएको छ। कपिलवस्तको कृष्णनगर नगरपालिकाकी ७० बर्षीया सुशीला चौबे र बुद्धुभमी नगरपालिकाको गोरुसिंगेमा ६०  बर्षे टीका अधिकारीको मत्यु भएको प्रहरीले जनाएको छ। 

सोनाहवा गाउँबाट आफनो घर बसन्तपुर जानेक्रममा दिउँसो ३ बजेतिर बाटोमा हिड्दा हिड्दै लडेर अचेत बनेकी सुशीलाको उपचारका लागि नजिकैको स्वास्थ्य चौकी बसन्तपुरमा पुर्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। शव आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए। 

यस्तै, बिहीवार दिउँसो बुद्धुभुमी नगरपालिकाको साप्ताहिक हाट बजार लाग्ने स्थान गोरुसिंगेमा पनि भरतपुर उप महानगरपालिका १४ का ६० बर्षे टीका अधिकारीको मृत्यु भएको छ। गोरुसिंगे स्थित बुटवल रुपन्देही होटलमा कार्यरत अधिकारी पनि अचानक अचेत बनी ढलेका थिए। उपचारका लागि तौलिहवा अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए। जेठ तेस्रो साता यता जिल्लाका अध्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ। 

प्रकाशित: ७ असार २०७५ १४:५८ बिहीबार

अत्यधिक गर्मीबाट कपिलवस्तुमा दुईको मृत्यु