समाज

बालिकाको डुबेर मृत्यु

झापा – कचनकबल गाउँपालिका–४ चकचके निवासी खजुल मियाँकी ७ वर्षीया छोरी छरिता मियावको सोमबार पोखरीमा डुबेर मृत्यु भएको छ। 

उनकोे बाह्रदशी गाउँपालिका–३ राधानगरस्थित मावली घर नजिकै डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले बताएको छ।

यसैबीच आइतबार माईखोलाले बगाएर शिवसताक्षी नगरपालिका–१० दोमुखाका ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ।  (रासस)

प्रकाशित: ४ असार २०७५ १६:२२ सोमबार

बालिकाको डुबेर मृत्यु