समाज

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा

काठमाडौं– पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुवीर मोहम्मद हयात ५ दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा जनरल हयात सोमबार काठमाडौं आइपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी गौरव तण्डुलले स्वागत गरे।

नेपाल भ्रमणमा रहँदा उले राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्रीका साथै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको दौरान उनले पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण गर्ने निर्देशनालयले जनाएको छ।

भ्रमण सम्पन्न गरी जनरल हयात असार ८ गते स्वदेश फर्किनेछन्। 

प्रकाशित: ४ असार २०७५ १४:४० सोमबार

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख काठमाडौंमा