समाज

गाडीको ठक्करबाट एक जनाको मुत्यु

कपिलवस्तु - भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट कपिलवस्तुकाे यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ।

तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।

गाडीको ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।रासस

प्रकाशित: ४ असार २०७५ ०७:०४ सोमबार

गाडीको ठक्करबाट जनाको मुत्यु