समाज

३३ किलो सुन प्रकरण : अनुसन्धान समितिको म्याद थपियो

काठमाडौं- साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानका लागि गठित अनुसन्धान समितिको म्याद थप गरिएको छ।  

गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित समितिको म्याद मन्त्रिपरिषदले एक महिना थप गरेको हो। संगठित अपराध निवारण ऐन अनुसार चैत मा विशेष अनुसन्धान समिति गठन भएको थियो। ४५ दिनभित्र अनुसन्धान सक्ने कार्यादेश सहित समिति गठन भएको थियो।

प्रकाशित: ३ असार २०७५ ०७:५२ आइतबार

३३ किलो सुन प्रकरण अनुसन्धान समितिको म्याद थपियो