समाज

बस दुर्घटनामा एकको मृत्यु, ३ घाईते

तनहुँ- तनहुँको बुद्धसिंह मार्ग अन्तरर्गत पर्ने सुढेमा शुत्रबार महध्याह्न  यात्रुवहाव बस पल्टिंदा एक यात्रुको मृत्यु भएको छ। सारङ्गघाटबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३७०१ नम्बरको यात्रुबाहक बस सडकबाट सेतीनदीमा खस्दा ८ घाईते भएका हुन्।

मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नम्बर २ वैदीका ५५ बर्षीय दन बहादुर ठकुरी रहेको प्रहरीले बताएको छ। जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुघर्टनामापरी तीन जना यात्रुको अवस्था भने गम्भिर छ। गम्भिर घाइते हुनेमा तनहुँ शुक्लागण्डकी १० घर भएका २८ वर्षिया अनिषा आले, सल्यान त्रिवेणीका ३० वर्षिय नरबहादुर रोका र सोही स्थानका १६ वर्षिय चुडामणी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ  चार जना यात्रुको भने सामन्य उपचार पछि घर फर्केका छन्।

 

 

प्रकाशित: १ असार २०७५ ०९:४५ शुक्रबार

बस दुर्घटनामा एकको मृत्यु घाईते