समाज

दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

चितवन - इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ।

 तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजनाको उपचारका लागि भरतपुर ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ७६९२ नंको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४०६४ नंको ट्रक  बिहान ७ः२० बजे एकापसमा जुध्दा दुर्घटना  भएकाे हाे।

घटनामा परी मृत्यु भएका तीनजनाको सनाखत आहिलेसम्म भएकाे छैन।घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेजमा, दुईजनाको चितवन पुरानो मेडिकल कलेज, भरतपुर र एक जनाकाे पाेखरामा उपचार भइरहेकाे छ ।चितवन मेडिकल कलेजमा रहेका दुईजना र पुरानो मेडिकल कलेजमा रहेका दुईजना गरी चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित: १ असार २०७५ ०५:४३ शुक्रबार

दुर्घटना अपडेट मृत्यु हुनेको संख्या पुग्यो