समाज

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

उर्लाबारी- मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो।

राति १०ः३० बजे मेशिन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवा, मोरङले जनाएको छ।

प्रकाशित: १ असार २०७५ ०४:३० शुक्रबार

करेन्ट लागेर भारतीय मजदूरको मृत्यु