समाज

मोटरसाइकल दुर्घटनामा मृत्यु

चितवन – पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका–२१, थकालीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गएराति करीब १०ः३० बजेको समयमा ना २० प १२७६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा स्थानीय अन्दाजी ४५ वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुर ल्याइएको थियो। उनको राति करीब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ। रासस

प्रकाशित: १ असार २०७५ ०१:४८ शुक्रबार

मोटरसाइकल दुर्घटनामा मृत्यु