समाज

दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

रुकुम पश्चिम - अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्लाका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत रोहितकुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो। कबुलियति वनको काममा सहजिकरण गरिदिने भन्दै उनीहरुले घुस मागेको बताइएको छ। सेवाग्राहीबाट २३ हजार रुपैयाँ घुस लिइसकेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रण गरी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत शाहको कार्यकक्षबाट उनीहरुलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

प्रकाशित: ३१ जेष्ठ २०७५ ११:३३ बिहीबार

दुई कर्मचारी अख्तियारको नियन्त्रणमा