समाज

श्रीलंकाको नदीमा डुबेर नेपाली माउन्टेन बाइकरको मृत्यु

 काठमाडौं- काठमाडौंका माउन्टेन बाइकर नारायण गोपाल महर्जनको श्रीलंकाको महावेली नदीमा खसेर मृत्यु भएको छ। महर्जन अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागी हुन श्रीलंका गएका थिए।
 

श्रीलंकाको राजधानी कोलम्बोबाट करिब २३० किलोमिटरको कुडा ओया नदीमा खसेर महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ। महर्जनको मृत्युबारे उनका परिवारलाई जानकारी नगराएसम्म सार्वजनिक नगरिने बताएको छ।

श्रीलंकन एयरलाइन्सले जुन ९ देखि १५ सम्मका लागि अन्र्तराष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको थियो। जसमा नेपाल, भारत, जर्मनीलगायतका मुलुकका गरी ३९ साइकल यात्रीहरू सहभागी थिए। आयोजकले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता स्थगित भएको जानकारी गराएको थियो।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०७:०८ बिहीबार

श्रीलंकाको नदीमा डुबेर नेपाली माउन्टेन बाइकरको मृत्यु