समाज

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

बरामद् घरेलु मदिरा खाडलमा फालेर नष्ट पार्दै प्रहरी। तस्बिर : टंक/नागरिक

सर्लाही – ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको टोलीले १२० लिटर घरेलु मदिरा नष्ट गरेको छ। हरिवन नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रबाट बरामद् गरिएको घरेलु मदिरा प्रहरीले बिहीबार बिहान नष्ट गरेको हो।

अवैघ रुपमा घरेलु मदिरा बनाएर बेचविखन कार्य नियन्त्रणका लागि अभियान नै चलाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए। 

उत्तरी क्षेत्रका हरिवन, घुर्कौली, ढुंग्रेखोला, कर्मैया लगायत स्थानमा घरेलु मदिरा बनाई सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका विभिन्न स्थानमा बेचबिखन हुने गरेको प्रहरीले जनाएको छ। घरेलु मदिरा सेवनबाट कतिपयको ज्यान समेत जाने गरेको छ भने दर्जनौं बिरामी पर्ने गरेका छन्।

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०६:०५ बिहीबार

प्रहरीद्वारा घरेलु मदिरा नष्ट