समाज

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

काठमाडौं– नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। 

केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए। 

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि सञ्चार मन्त्रालयका सह सचिव प्रेम कुमार श्रेष्ठले विज्ञापन संघ र मन्त्रालयका बीचमा सहकार्य भैरहेको र संघले यस्ता सामाजिक उत्तर दायित्वको कार्य गरेकामा सराहना गरे।

मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले आजको मानिसहरुको जीवनशैली आदीले मुटुरोगको जोखिम बढीरहेको सन्र्दभमा यस्तो स्वास्थ्य परीक्षणबाट समुदायलाई लाभ पुग्ने बताए। 

नेपाल मेडिसिटी अस्पतालको सहयोगमा रक्तदान तथा निःशुल्क मुटु परीक्षण तथा इसिजी सेवाबाट २०० भन्दा बढीले मुटु जाँच गरेको मुटु रोग बिशेषज्ञ डां मिलन गौतमले बताए।

प्रकाशित: ३० जेष्ठ २०७५ १५:३९ बुधबार

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान ५२ पिन्ट रगत संकलन