समाज

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

काठमाडौं– गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो। 

उनले रेस्टुरेन्टमा कार्यरत एक युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्त भएपछि दरबारमार्ग प्रहरी वृत्तले पक्राउ गरेको हो। 

स्याल पक्राउ परेको पुष्टि गर्दै वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले अनुसन्धान भइरहेको बताए।

तरुण दल काभ्रेका अध्यक्ष समेत रहेका लामाले आफूलाई डन बताउँदै रेस्टुरेन्टमा कार्यरत युवतीलाई आफ्नो प्रेमिका बन्न दबाब दिएका थिए। नमानेपछि यातना दिने तथा दुर्व्यवहार गर्दै आएको बुझिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७५ १४:५१ बुधबार

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ