समाज

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

डोल्पा– जिल्ला अदालत डोल्पामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्। जिल्ला अदालत डोल्पाका अनुसार दर्ता भएका मुद्दाको प्रतिशतका हिसाबले सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेको जिल्ला अदालत डोल्पाले जानकारी दिएको छ। जिल्ला अदालत डोल्पामा एक आर्थिक बर्षमा सरदर १० भन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका पर्ने गरेका छन्।

हाल जिल्ला अदालतमा थुनुवा मुद्दा ४ वटा परेका छन् भने थुनुवा ४ मध्ये ३ वटा धरौटी नै दाखिला गर्न नसकेरै थुनामा रहेका छन्। ठगी र लुटपाटका २ वटा पुराना जिम्मेवारी सरी आएका  मुद्दा रहेका छन्। यस आर्थिक बर्षमा चोरी, डकैती, लुटपाटका घटना धेरै दर्ता भएको जिल्ला अदालतले जानकारी दिएको छ। 

अदालतमा विभिन्न ४७ वटा मुद्दा मध्ये २४ मुद्दा फैसला भएका छन्। आर्थिक बर्ष २०७३/०७४मा जिम्मेवारी सरि आएका १६ र ०७४/०७५मा ३१ वटा गरि दुई आर्थिक बर्षमा ४७ वटा मुद्दा दर्ता भएको जिल्ला अदालतका नायव सुब्बा नरेन्द्र चौलागाईंले जानकारी दिए।  

उनका अनुसार दुई बर्षमा अदालतमा परेका मुद्दा २३ वटा अझै पनि फैसला हुन बाँकी रहेको छ। 

प्रकाशित: २७ जेष्ठ २०७५ १६:३६ आइतबार

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै