समाज

बाबुद्वारा आफ्नै छोराको छुरी प्रहार गरी हत्या

भक्तपुर-भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

३५ वर्षीय पलमान गिरीले आफनै १२ वर्षीय छोरा प्रतिकको हत्या गरेका हुन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ५ खरिपाटी घर भई हाल कमलविनायक वस्ने बुबा पलमानले छुरी प्रहार गरी छोराको हत्या गरेका हुन्। छुरी प्रहारपछि घाइते भएका उनको उपचारकै क्रममा केएमसी अस्पताल सिनामंगल काठमाडौंमा निधन भएको प्रहरीले जनाएको छ।

मृतकका बाबु पलमानलाई महानगरीय प्रहरी बृत जगातीको नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित: २७ जेष्ठ २०७५ १४:०५ आइतबार

बाबुद्वारा आफ्नै छोराको छुरी प्रहार गरी हत्या