समाज

आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

भोजपुर– जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। अरुणमा गाउँपालिका –४ चरम्वी वस्ने २५ वर्षीय टंक भुजेललाई प्रहरीले पक्राउ गरेको हो। टंकले सामान्य विवाद हुँदा आफ्नै बुवा ५५ वर्षीय दान बहादुर भुलेललाई शुक्रबार साँझ खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ। 

खुकरी प्रहारबाट दान बहादुरको ओठ, बाँया हातको नाडी र पातामा गम्भिर चोट लागेको छ। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा अचेत अवस्थामा सामान्य उपचारपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। खुकुरीसहित पक्राउ परेका टंकको विषय अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ जेष्ठ २०७५ १३:४६ शनिबार

आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने पक्राउ