समाज

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

तस्बिर : नरहरि सापकाेटा

काठमाडौं-  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई  हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको छ। देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई त्यसतर्फ लागिएको हो।

उनको जन्मगाउँ पण्डित गाऊँ नजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्खौली घरमा लगिने छ। घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी खाने देवकोटाले इच्छा व्यक्त गरेका छन्। देवकोटाको न्यूरो हस्पिटल बाँसबारीमा उपचार भइरहेको छ। उनलाई आजनै काठमाडौं ल्याइने छ।

 

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो