समाज

राजमार्गको जग्गा बेचेको आरोपमा बाबुछोरा पक्राउ

उदयपुर-उदयपुर स्थित सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डको जग्गा विक्रि गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन्।

राजमार्गको जग्गा विक्रि गरेको आरोपमा त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने बर्ष ७८ का शिवप्रसाद दाहाल र उनका छोरा बुद्धिप्रसाद दाहाल पक्राउ परेका हुन। सगरमाथा राजमार्गको जग्गा विक्रि गरेको आरोपमा बाबुछोरालाई नै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले बताए। ‘शुक्रबार बेलुकी सडकको जग्गा विक्रि गरेको थाहा पाउने वित्तिकै पक्राउ गर्न आदेश दिएको हुँ ।’ सिडियो कार्कीले भने ‘बाबु शिव प्रसादको नाममा रहेको जग्गा छोरा बुद्धि प्रसाद र नाती विरेशको मिलेमतोमा वेचिएको रहेछ।’ पक्राउ परेका बाबुछोरा दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ।

विक्रि गर्नेलाई पक्राउ गरेपनि जग्गा पास गर्न सहयोग गर्ने मालपोत कर्मचारी र लेखापढी व्यवासायीलाई समेत पक्राउ गरि कार्वाही गर्न स्थानीयले माग गरेका छन। मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा स्थानिय शिवप्रसादले जेठ १६ गते सगरमाथा राजमार्गको नाममा रहेको ७ कठ्ठा १९ धुर जग्गा विक्रि गरेका थिए। उक्त जग्गा ललितपुर खोकना ३ का नेपाल डंगोललाई १ करोड २७ लाख २० हजारमा रविष्ट्रेशन पास गरि विक्री गरिएको थियो। जग्गा आफ्नो नाममा आएपछि बैंकमा राखी मोटो रकम निकाल्ने उदेश्यले खरिद गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०८:३४ शनिबार

राजमार्गको जग्गा बेचेको आरोपमा बाबुछोरा पक्राउ