समाज

एक विगाह जमिनको गाँजा खेती नष्ट

कञ्चनपुर-कञ्चनपुरमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टाेलीले एक विगाहामा लगाएकाे गाँजा खेती नष्ट गरेका छन्।

शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मझगाँउ, वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले एक विगाह जमिनको गाँजा खेती नष्ट गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले भीमदत्त नगरपालिका ३ वडामा प्राकृतिक रुपमा आफै उम्रेको गाँजा नष्ट गरेको बताए। उनका अनुसार गाँजाबाट चरेश उत्पादन हुने र उक्त चरेशका कारण समाजमा अपराध बढ्ने भएकाले खेती गरिएको वा आफै उम्रेको गाँजा नष्ट गरिएको बताए। भट्टले नगर क्षेत्रमा लागु औषध नियन्त्रणका लागि वडा प्रहरी कार्यालय सकृय रहेको बताए।

कञ्चनपुर प्रहरीले लागु औषध र अवैध मदिरा नियन्त्रणका लागि जिल्लाव्यापी अभियान थालेको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले लागु औषधका  कारण समाजमा अपराध बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न लागु औषध नियन्त्रण अभियान थालेको बताए।

यस अघि लागु औषध नियन्त्रण ब्यूरो र नेपाल प्रहरीको सकृयतामा डेढ विगाह जमिनको गाँजा नष्ट गरिएको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७५ १२:५३ शुक्रबार

विगाह जमिनको गाँजा खेती नष्ट