समाज

फरार दुई कैदी मध्ये एक पक्राउ

हुम्ला – जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट शुक्रबार बिहान फरार भएका दुई जना कैदी मध्ये एक जना पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि  ७ महिना अघि कारागार चलान गरिएका हुम्ला जिल्ला चंखेली गाउँपालिका– ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्वजनिक अपराध सम्बन्धि मुद्दा खेपिरहेका खार्पुनाथ गाउँपालिका ४ छिप्राका लेखे नेपाली आज बिहान शैचालय जाने निहुँमा फरार भएका थिए।

उनीहरु बिहान ३ देखि ५ बजे भित्र भागेको हुन सक्नेआशंका गरिए पनि आफुहरुले बिहान ५ बजे मात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु बहादुर सिंहले बताए।

उनले फरार भएको थाहापाउने वित्तिकै जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको र एक जनालाई पक्राउ गर्न सफल भएको बताए। फरार लोकेन्द्र बुढालाई सिमकोट गाउन्पालिका–८ याङगुगाउँ माथिको जंगलमा भागिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाली भने अझै फरार छन्। कडा सुरक्षा घेराबाट अपराधिहरु कसरी फरार भए भन्ने विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले बताए। घटनामा कसैको संलग्नता भेटिए कडा कारवाही गरिने उनले बताए।

जिल्ला कारागार भवन नहुदा कैदीहरु बिगत ७ वर्षदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्दै आइएको छ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०५:४७ शुक्रबार

फरार दुई कैदी मध्ये पक्राउ