समाज

भिरबाट खसेर मृत्यु

कालीकोट- जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी छन् । उनको बुधबार दिउँसो माल्कोटको सिरुपाटा वनमा बाख्रा हेर्न गएकाबेला स्याउला काट्ने क्रममा भिरबाट खसेर टाउको र ढाडमा गम्भीर चोट लागेको अवस्थामा घरमा ल्याएको र उपचारका लागि लैजाँदा राति नै मृत्यु भएको स्थानीय अभिभावक बलबहादुर बुढाले जानकारी दिए।

बुढाका अनुसार मृतक सरुका दुई छोरी र सात महिनाका एक छोरा छन्।अछाम जिल्लाको सीमामा जोडिएको उक्त गाउँबाट उपचारका लागि चार घण्टा टाढाको दूरीमा जानु पर्ने बाध्यता रहँदै आएको छ।कालीकोट जिल्लाका अति दुर्गम क्षेत्रका रुपमा रहेको नरहरिनाथ गाउँपालिकामा अहिले सडकले छोएको छैन।रासस

प्रकाशित: २४ जेष्ठ २०७५ ०६:३० बिहीबार

भिरबाट खसेर मृत्यु