समाज

नेपाली र अमेरिकी सेनाबीच ल्याण्ड फोर्स टक

तस्विर सौजन्यःनेपाली सेना

काठकाडौ–नेपाली र अमेरिकी सेनाबीच पहिलो पटक दुई दिने ल्याण्ड फोर्स टक बुधबारबाट नेपाली सेनाको जंगी अड्डामा शुरु भएको छ।

नेपालका कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापा र अमेरिकी सेना भ्रमण दलको नेतृत्व गरी नेपाल आएका अस्ट्रेलियन सेनाका मेजर जनरल रोजर जि नोबल बीच बुधबार भएको शिष्टाचार भेटसँगै दुई दिने ल्याण्ड फोर्स टकको शुरुवात भएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाका तर्फबाट उपरथी जगदिश चन्द्र पोखरेलसहित १९ र अमेरिकी सेनाका तर्फबाट मेजर जनरल नोबल सहित १७ जना गरी कुल ३६ जना रथी तथा अधिकृतहरुको सहभागिता रहेको छ।

अन्तरक्रिया कार्यक्रम संयुक्त सैनिक मार्ग निर्देशन, सैनिक कार्य प्राथमिकता, विपद् व्यवस्थापन तथा विभिन्न सैनिक मार्ग तालिम एवं गतिविधि सम्बन्धी विषयहरुमा केन्द्रित रहने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाले अन्तरक्रिया कार्यक्रम मार्फत मित्रराष्ट्र अमेरिकी सेनासँग रहँदै आएको आपसी सम्बन्घ अझै प्रगाढ भएर जाने विश्वास व्यक्त गरेको छ।

 

प्रकाशित: २३ जेष्ठ २०७५ १४:२० बुधबार

नेपाली अमेरिकी सेनाबीच ल्याण्ड फोर्स टक