समाज

पचास हजार घुस सहित सर्लाहीका हाकिम पक्राउ

रौटहट–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

दासले सेवाग्राहीबाट पचास हजार रुपैयाँ लिएको अख्तियार टोलीको भनाई छ । दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले सर्लाही जिल्ला अदालत अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो । शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा पचास हजार रुपैयाँ फेला पारिएको अख्तियार टोलीको भनाई छ।

अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडाका निमित्त प्रमुख सन्तमणि आचार्यले सर्लाही अपरेशन सफल भएको र थप अनुसन्धान भइरहेको बताए।  
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०६:४५ बुधबार

पचास घुस सहित सर्लाहीका हाकिम पक्राउ