समाज

बैतडीमा भूकम्पको धक्का

बैतडी – बैतडीसहित ७ नम्बर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ७ : १९  बजे भुकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको धक्का महसुस भुकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको  भूकम्प गएको हो।  बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दुरहेको भुकम्पको धक्का बैतडी, दार्चुला, बझांङ, बाजुरा लगायतका जिल्लामा महसुस गरिएको थियो।

लामो समयसम्म पश्चिम नेपालमा भुकम्प गएको छैन। गत महिना पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भुकम्प धक्का महसुस गरिए पनि कुनै क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App