समाज

सुन सहित पक्राउ

रुकुम (पुर्व)– रुकुम (पूर्व) मा ११ तोला सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भुमे गाउँपालिका–८, कोर्जाका १९ वर्षीय तारा बुढा मगरलाई सुन सहित पक्राउ गरिएको हो। 

सिस्ने गाउँपालिका–५, का सदरचन्द्र समालको घरमा राखिएको सुन चोरीको आरोपमा उनीलाई ११ तोला सुनसहित पक्राउ गरिएको प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए। बैंकमा धितो राख्नको लागि समालले आफ्ना आफन्तबाट जम्मा गरेको सुन बुढामगरले चोरेपछि प्रहरीले पक्राउ गरेको उनले बताए।

यो भन्दा पहिले पनि उनले गाउँमा डर धम्की देखाएर विभिन्न सामान चोरी गरेको आरोप लागेको थियो। उनी विरुद्ध प्रहरीले तीन वटा मुद्धा दर्ता गरेको थियो। प्रहरीले यो भन्दा पहिले हातहतियार खरखजना र चोरी डाका सम्बन्धिका दुई मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक रिजालले जानकारी दिए।

प्रकाशित: २१ जेष्ठ २०७५ १५:५९ सोमबार

सुन सहित पक्राउ