समाज

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने दुर्इ जना पक्राउ

काठमाडौं – धनगढीमा एक हप्ताअघि गोली प्रहार गरेर अार्इएमर्इका कर्मचारीबाट साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीया कल्लु भनिने कालु राना र कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीया राम प्रवेश राना पक्राउ परेका हुन्। उनीहरूलार्इ महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट पक्राउ गरेकाे हाे।

यही जेठ १३ गते सिद्धार्थ बैंकबाट पैसा झिकेर अार्इएमर्इ तर्फ गइरहेका आईएमईका कर्मचारी धनगढी उपमहानगरपालिका–३ बस्ने ३७ वर्षीया निर्मल कार्की माथी गोली प्रहार भएको थियो।  प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले कार्की माथि गोली प्रहार गरेको सुइकारेका छन्।

प्रकाशित: २१ जेष्ठ २०७५ ०५:४७ सोमबार

धनगढीमा गोली प्रहार गरी साढे लुट्ने जना पक्राउ