समाज

बौद्धिकवर्गलाई गाउँ फर्कन जनप्रतिनिधिको आग्रह

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले राजधानी काठमाडौंमा रहेका बौद्धिक वर्गलाई गाउँ फर्कन आह्वान गरेकी छन्। उपमेयर राईले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मिटार माबिमा एसइइ पूरा गरेपछि राजधानी प्रवेश गरेर उच्च शिक्षा हाँसिल गरेका वौद्धिक वर्गलाई आफ्नो गाउँ–ठाउँको विकास र परिवर्तनका लागि ध्यान दिन आग्रह गरेकी हुन्।

च्यास्मिटारबाट उच्च शिक्षाका लागि राजधानी पुगेका विद्यार्थीले गठन गरेको च्यास्मिटार मावि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चले आफ्नो गाउँ–ठाउँको बिकासका सवालमा काठ्माण्डौंमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा उपमेयर राईले कम्तीमा वर्षको दुई पटक आफ्नो गाउँमा आएर विकासे योजना निर्माण र कार्यान्वयनमा भूमिका निर्वाह गर्न आग्रह गरेकी हुन्।

च्यास्मिटार मावि भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चले आफ्नो गाउँ–ठाउँको बिकास निर्माणको विषयमा कार्यपत्र पेश गरेको थियो। च्यास्मिटारबाट काठ्माण्डौं पुगेका बिद्यार्थीले २०६८ सालमा स्थापना गरेको भूतपूर्व विद्यार्थी तथा सरोकार मञ्चले सामाजिक तथा परोपकारका काम गर्दै आएको छ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:४५ सोमबार

बौद्धिकवर्गलाई गाउँ फर्कन जनप्रतिनिधिको आग्रह