समाज

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस

सिन्धुली – विभिन्न स्थानको भौतिक निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने कम्पनीलाई सिन्धुलीको जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ। समयमा काम सम्पन्न नगरी आलटाल गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयले समयमानै काम नगर्ने १६ वटा कम्पनीलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा विभिन्न स्थानमा समयमानै काम सम्पन्न गर्ने भन्दै जिम्मेवारी लिएर काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

स्थानीय तहले पठाएको विवरणकै आधारमा काम नगर्ने कम्पनीलाई कारबाही गर्न गृह मन्त्रालय सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सम्झौता अनुसार समयमा काम नगर्ने १९ वटा आयोजनाका १६ निर्माण कम्पनीहरूलाई कारबाहीको सिफारिस गरेको छ।  

कारबाहीको सिफारिस गरिएका निर्माण कम्पनीहरुमा केएस देवीरमण जेभी, विजी निर्माण सेवा, आत्रेय निर्माण सेवा प्रा.ली, सुभम् निर्माण सेवा, धुलीखेल शिवशम्भु/कुँवर जेभी, शिखर निर्माण सेवा, सिद्धबाबा आत्रेय नवयुग जेभी, स्वच्छ निर्माण सेवा काठमाडाैं, पप्पु लुम्बिनी जेभी, गौरी पार्वती/निलगिरी नेशनल जेभी, पप्पु नेपाल प्रगति जेभी, सव उद्धार सगरमाथा जेभी, सुनौलो खिम्ती कन्ट्रक्सन, विरुवा कन्ट्रक्सन प्रा.लि, सूर्य/केएम जेभी र कन्काई/थापा जेभी रहेका छन।

प्रकाशित: २० जेष्ठ २०७५ ०७:१० आइतबार

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस