समाज

कोरियन भाषाको परीक्षा जेठ २६ र २७ मा

काठमाडौं । कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो।

इपीएस कोरिया शाखाका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म र दिउसो १२ बजेदेखि ४ बजेसम्म गरी दुई सिफ्टमा परीक्षा हुनेछ। परिक्षाका लागि देश भर २८ ओटा केन्द्र तोकिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:०५ शनिबार

कोरियन भाषाको परीक्षा २६ २७