समाज

नागरिककर्मी दाहाल सम्मानित

काठमाडौ– नागरिककर्मी मणि दाहाललाई नेपाल एस्ट्रोनमिकल सोसाइटीले (नासो)ले सम्मान गरेको छ । दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा शसक्त कलम चलाएको भन्दै उनलाई सम्मान गरेको हो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिट एन्ड ग्रीट एन एस्ट्रोनट’ कार्यक्रममा दाहाललाई अमरिकी पूर्व अन्तरिक्ष यात्री सान्ड्रा म्याग्नसले सम्मान पत्र प्रदान गरेकी थिइन् । दाहालसहित पत्रकार लक्ष्मण डंगोल, दीपा तिमिल्सिना तथा सलिना उप्रेतीलाई सम्मान गरिएको थियो । कार्यक्रममा अन्तरिक्षयात्री म्याग्नसले आफ्नो अन्तरिक्ष यात्राको अनुभव, नेपाल भ्रमण तथा बाल्यकालको लक्ष्यका बारेमा बोलेकी थिइन्।

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:२४ बिहीबार

नागरिककर्मी दाहाल सम्मानित