समाज

फलाउने होइन त कौसीमा फलफूल... (फोटो/भिडियो)

काठमाडौं– कीर्तिपुरस्थित केन्द्रीय बागवानी केन्द्रले सस्तो मूल्यमा फलफूल विरूवा वितरण सुरु गरेको छ।

वर्षेनी जेठ १६ र पुस १६ गतेबाट सस्तो दरमा फलफूलका विरुवा उपलब्ध गराउँदै आएको बागवानी केन्द्रले यस वर्ष बुधबारदेखि वितरण सुरु गरेको केन्द्रका प्रमुख वरिष्ठ फलफूल विकास अधिकृत वासुदेव सुवेदीले जानकारी दिए। 

उनका अनुसार कौसीमै फलाउन सकिने सुन्तला, जुनार, कागती, भोगटे, अनार, अंगुर, फूलहरुका विरूवा र गड्यौला मल बागवानी केन्द्रले सस्तो मूल्यमा विक्री वितरण गरिरहेको छ।

केन्द्रले सस्तो दरमा विरुवा विक्री वितरण सुरु गरेसँगै यहाँ मानिसहरुको घुँइचो लागेको छ। 

भिडियो/फोटो : दिपेन्द्र रोक्का ।

फलाउने होइन कौसीमा फलफूल... फोटो/भिडियो