समाज

लागू पदार्थसहित ३ पक्राउ

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट बिहीबार दिउँसो लागू औषधसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले शंका लागि खानतलासी लिँदा चौनपा  ४ का २० वर्षीय मानबहादुर राई, १९ वर्षीय मदन राई र चौनपा ८ का २१ वर्षीय सरोज राईको साथबाट बिभिन्न खाले अवैध लागूऔषध बरामद भएको हो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौनपा ६ लाफाचोकमा शंकास्पद अवस्थामा देखिएका उनीहरुको साथबाट डाईजोल्याप ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, फेनारगन ६ एम्पुल, एप्काडोल १७ गोली र स्पास्पल १३ गोली फेला परेको हो। इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक गणेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 

प्रकाशित: १६ जेष्ठ २०७५ १४:०७ बुधबार

लागू पदार्थसहित पक्राउ