समाज

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गौरब तिवारी, विजय श्रेष्ठ, दिनेश बोगटी, नगेन्द्र सुवाल,  भुपेन्द्र कुँवर छन्। उनीहरुको समूहले आईपीएलमा जित हारलाई जुवाको रुपमा खेलाउने गरेको थियो। खट्टेवाज समूहले ७ करोड चौध लाख भन्दा बढीको कारोबार गरेको प्रहरीले जनाएको छ। केसी यस अघि म्याच फिक्सिङमा पक्राउ परेका थिए।

वेटिङको लागि गौरव तिवारीले लन्डनबाट खाता बनाएको एसएसपी विश्वराज पोखरेलले बताए। उनीहरुले वेटिङमा लगाएको जित हारको रकह प्रत्येक सोमबार बाड्ने गरेका थिए। स्रोहखुट्टे, ललितपुर र भक्तपुरका होटलमा बसेर पैसा बाड्ने गरेको प्रहरीले जनाएको छ।

बेटिङमा २५ हजारदेखि १५ लाखसम्म लगाएको खुलेको छ। यस्तो जुवामा युवादेखि व्यवसायीले पैसा लगाउने गरेका थिए। कतिपयले भने यसैलाई व्यवसाय बनाउँदै आएको प्रहरीले जनाएको छ।

वेटिङका मुख्य नाइके गुण्डा नाइके दावा लामामा भने फरार छन्।

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०७:०१ मंगलबार

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित पक्राउ