समाज

बीपी राजमार्गमा ३२ सिटका बस र १६ टनका ट्रक–टिपरलाई गुड्न दिने सरकारको निर्णय

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गको धुलिखेल–खुर्कोट–सिन्धुली सडक खण्डमा ३२ सिटसम्मका बस र १६ टनसम्मका ट्रक–टिपर गुड्न पाउने व्यवस्था गरेको छ।

मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबाहक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिने भएको हो।

उक्त निर्णय अनुसार राजमार्गमा १६ टन वजन भएका मालबाहक ट्रक तथा ट्रिपर पनि चल्न पाउनेछन्। यसअघि १० टनसम्मका ट्रकलाई मात्र यो राजमार्गमा चल्ने अनुमति दिइएको थियो।

बसहरु विहान ५ बजेदेखि राति ८ बजेसम्म राजमार्गमा चल्ने अनुमति दिइएको छ भने मालबाहक ट्रकहरु रातभर चल्न पाउने छन्।

मन्त्रालयले यसअघि उक्त सडक खण्डमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने व्यवस्था उल्ट्याउदै नयाँ व्यवस्था लागू गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०३:२३ मंगलबार

बीपी राजमार्गमा ३२ सिटका बस १६ टनका ट्रक–टिपरलाई गुड्न दिने सरकारको निर्णय