समाज

नेविसंघको अध्यक्षमा बस्नेत

खोटाङ– नेपाल विद्यार्थी संघ खोटाङको अध्यक्षमा राजकुमार बस्नेत चयन भएका छन् । हालसम्म कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दैआएका बस्नेतलाई दिक्तेलस्थित बिपी स्मृति भवनमा आइतबार बसेको नेविसंघको जिल्ला स्तरीय विशेष भेलाले अध्यक्षमा चयन गरेको हो।

 विशेष भेलाले बस्नेतको अध्यक्षतामा २७ सदस्यीय नेपाल विद्यार्थी संघ गठन गरेको छ। २०६९ सालमा भएको नेविसंघको अधिवेशनमा अध्यक्ष चुनिएका राजकुमार राई २०७३ सालमा नेविसंघको केन्द्रीय सदस्यमा उठेपछि बस्नेतले जिल्लामा कार्यवाहक अध्यक्षको भूमिका पाएका थिए । 

कांग्रेस जिल्ला कमिटीले नेविसंघको अध्यक्षकै हैसियतमा स्वीकार गरेको भएपनि बस्नेतलाई विशेष भेलाले अध्यक्षकारुपमा पूर्ण आधिकारिकता प्रदान गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका बस्नेतले लक्ष्मी मावि वडहरेको नेविसंघ ईकाई समितिको अध्यक्ष, नेविसंघ दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्ष लगायतका भूमिका निर्वाह गरिसकेका छन् । 

विशेष भेलामा नेविसंघका पूर्व केन्द्रीय सहमहामन्त्री तीर्थराज भट्टराई, खोटाङका पूर्व अध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको नेबिसंघले जनाएको छ । 

प्रकाशित: १४ जेष्ठ २०७५ १०:४२ सोमबार

नेविसंघको अध्यक्षमा बस्नेत