समाज

२९ महिने नाबालिका करणी अभियोगमा किशोर पक्राउ

भोजपुर– जिल्ला प्रहरी कार्यालय भोजपुरले २९ महिने बालिकालाई करणी गर्न खोजेको अरोपमा एक जनालाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको छ। करणी उद्योगमा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ५ मझौलेका १४ वर्षीय बालकलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गराई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

गत सोमबार  साँझको समयमा घरमा कोही नभएको मौकाछोपी घर नजिकै गोठमा लगेर करणी गर्न लागेको अवस्थामा आमाले भेटेपछि पीडक भागेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। उजुरीको आधारमा प्रहरीले पीडकविरुद्ध जर्वजस्ती करणी मुद्दा दर्ता गराई अनुसन्धान थालेको छ।

करणी उद्योग पश्चात फरार रहेका पीडकलाई  इलाका प्रहरी कार्यालय अन्नपूर्णले विहीबार नियन्त्रणमा लिए पश्चात शुक्रवार जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। पीडित बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७५ १३:२० आइतबार

२९ महिने नाबालिका करणी अभियोगमा किशोर पक्राउ