समाज

सुन तस्करी प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

बिराटनगर - सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्। बन्द इजलाशमा लिइएको बयान सकिएपछि मोरङ जिल्ला अदालतमा थुनछेकको वहस आजै हुने छ।  

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान भएको थियो। बन्द इजलासमा बयान भएका कारण बयानकाबारेमा कुनै पनि कुरा अदालतले सार्वजनिक गरेको छैन।

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०९:०७ आइतबार

सुन तस्करी प्रकरण गोरेको बयान सकियो थुनछेकको बहस आजै