समाज

खुर्सानी लगाएर श्रीमती र छोरीले कुटेपछि...

पाँचथर- सामान्यत पुरुषले महिलामाथि घरेलु हिंसा गरेको उजुरी बढी पर्ने गर्छन्। पछिल्ला दिनमा श्रीमतीबाट हिंसा भएको घटनाहरु पनि सार्वजनिक हुन थालेका छन्। जिल्लाको फिदिम नगरपालिका–११ का ५३ बर्षिय नरबहादुर बुढाथोकी घरेलु हिंसाको शिकार बनेका छन्।

आँखामा खोर्सानीको धुलो लगाएर श्रीमती र छोरीहरुले कुटपिट गरेको उनले बताएका छन्। आँखामा खुसार्नीको धुलो लगाएर बाधेर कुटपिट गरेको खुल्न आएको छ। निर्घात कुटपिटमा परेपछि उनलाई पाँचथर जिल्ला अस्पतालमा गाँउलेहरुले ल्याएका थिए। कुटपिट गरेपछि खोल्सामा लगेर फालेको बुढाथोकिको भनाई छ। खुर्सानीको धुलोले आँखामा असर पुगेको छ। टाउको र दाँया हातमा चार टाँका लगाइएको छ भने शरिरभरी निल डाम रहेको छ।

कुटपिट गरेको भन्दै प्रहरीले ४८ बर्षिय श्रीमती कुन्ता बुढाथोकि र २३ बर्षिय छोरी बविता कार्कीलाई प्रक्राउ गरी केहि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ। सानो नानी भएका अर्की एक छोरीलाई भने प्रहरीले छाडीदिएको छ। श्रीमान–श्रीमतीबिच लामो समयमले देखि बादविवाद हुने गरेको स्थानीयहरुको भनाई रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०७५ १२:५९ शनिबार

खुर्सानी लगाएर श्रीमती छोरीले कुटेपछि...